fbpx

शनिबारदेखि डोरीतान प्रतियोगिता हुने

विराटनगर २८ कात्तिक । आगामी शनिबारदेखि विराटनगरमा डोरीतान प्रतियोगिता सुरु हुने भएको छ । डोरीतान कमिटी मोरङले जिल्लास्तरीय डोरीतान प्रतियोगिता सञ्चालन गर्न लगेको हो ।

डोरीतान कमिटीले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दीपकप्रसाद घिमिरेले यस खेलको माध्यमबाट युवालाई खेलकूदमा सक्रिय बनाइने बताए ।

डोरीतान खेलको प्रवर्द्रन गर्न डोरीतान कमिटीले जिल्लाभरी टिम बनाएर शनिबारदेखि विराटनगर रङ्गशालामा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगितामा २० टिम सहभागी हुने अध्यक्ष घिमिरेले बताए ।

प्रतियोगिताको विजेताले ५१ हजार तथा उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ शाखा मोरङको टोलीपनि सहभागी हुने महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बताए ।

Loading...