fbpx

बेलायती राजकुमार चार्ल्सले मुम्बइका विद्यार्थीसँग जन्मदिन मनाए

मुम्बई २८ कात्तिक । बेलायतका राजकुमार चार्ल्सले आफ्नो ७१ औँ जन्म उत्सव भारतको मुम्बइमा मनाएका छन् ।

भारतको तीन दिने भ्रमणमा रहनुभएका राजकुमार चार्ल्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग आफ्नो जन्मदिन मनाएका हुन् । जन्मोत्सव समारोहमा उनले सामान्य केक काटेका थिए । उनलाई २० भन्दा बढी विद्यार्थीले घेरेका थिए ।

जन्मोत्सव समारोहमा सहभागी विद्यार्थीहरुले ताली बजाउदै राजकुमार चार्ल्सलाई दीर्घ जीवनको शुभकामना दिए । भारतको दशौँ औपचारिक भ्रमणका क्रममा उनले राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्नुका साथै गुरुद्धारा बङ्गला साहिब र भारतीय मौसम विज्ञान विभागको भ्रमण गरे ।

Loading...