fbpx

दुई ठाउँमा नोबेलको निःशुल्क मधुमेह परिक्षण शिविर

मोरङ २८ कात्तिक । विश्व मधुमेह दिवसको अवसरमा बिहीबार बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले दुई स्थानमा निःशुल्क मधुमेह परिक्षण एवं परामर्श शिविरको आयोजना गरेको छ । मोरङको बेलवारी र नोबेल अस्पताल परिसरमा निःशुल्क मधुमेह परिक्षण शिविरको आयोजना गरेको हो ।

बेलवारी–१ स्थित जेष्ठ नागरिक समाजको भवनमा आयोजना गरिएको शिविरमा १ सय ५० जनाको मधुमेह परिक्षण गरिएको जनाइएको छ । जसमध्ये करिव ७० जनामा मधुमेह रोग भेटिएको शिविरमा खटिएका डा.हिमलाल भण्डारीले जानकारी दिए । नोबेलका इण्डोक्राईनोलोजिष्ट डा.प्रताप रोय नेतृत्वको चिकित्सकहरुको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेको छ ।

नोबेल शिक्षण अस्पताल र इन्टास फर्मासूटिकलको संयुक्त आयोजनामा नोबेल शिक्षण अस्पताल परिसरमा तीन दिने निःशुल्क मधुमेह परिक्षण शिविर भईरहेको छ । बुधबारबाट सुरु भएको शिविर शुक्रबारसम्म चल्नेछ । शिविरमा बुधबार १ सय ७२ र बिहिबार १ सय १८ जनाको मधुमेह परिक्षण गरिएको इन्टास फर्मासूटिकलका एरिया बिजनेस मेनेजर पंकज जैसवालले जानकारी दिए ।

Loading...