fbpx

महिला सांसदको लागि क्षमताअभिवृद्धि तालिम सम्पन्न

विराटनगर २८ कात्तिक । प्रदेश नम्बर १ का महिला सांसदहरुलाई संसदमा प्रभावकारी रुपमा प्रस्तुत हुने र विधेयकहरुमा छलफल गर्दा प्रभावकारीता बढाउने विषयमा जानकारी दिन बिहीबार विराटनगरमा कार्यशाला सम्पन्न भएको छ ।

आत्मनिर्भरता अभियानको आयोजनामा भएको कार्यक्रममा १५ जना सांसदहरुको सहभागिता रहेको थियो । आयोजक संस्थाका सदस्य एवं मोरङका पूर्व जिल्ला विकास समितिका सभापति खड्गबहादुर बस्नेतले विधेयकका सैदान्तिक छलफल, संसोधन प्रस्ताव र समितिको प्रतिवेदनमा कसरी प्रस्तुत हुने र कसरी अघि बढ्ने भन्ने विषयमा कार्यशालामा छलफल भएको जानकारी दिए ।

कार्यशालाको समापन कार्यक्रममा बोल्दै सांसद जसमाया गजमेरले महिला सांसदहरुको क्षमता अभिवृद्धि र ज्ञान बढाउने हिसाबले कार्यक्रम प्रभावकारी भएको बताउदै विज्ञहरुसँगको छलफल निरन्तर रुपमा हुन सके उपलब्धि हुने बताइन् ।

सांसद नवोदिता चौधरीले संसदीय अभ्यासमा धेरै कुराहरु अभ्यासबाट पनि बुझिने सैदान्तिक पक्षहरुको ज्ञान भने विज्ञहरुबाट थाह हुने भएकाले संसदको प्रभावकारीता बढाउन कार्यशालाहरु हुन जरुरी रहेको बताइन् ।

Loading...