fbpx

ट्याक्टरमा ढुंगाले छोपेर काठ तस्करी, ३६ क्यूफिट काठ बरामद

विराटनगर, २८ कात्तिक । ट्याक्टरमा ढुंगाले छोपेर काठ तस्करी गरिरहेको अवस्थामा प्रहरीले ३६ क्यूफिट काठ बरामद गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ जाँतेबाट वन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त टोलीले बुधबार राति को २ त २७९५ नम्बरको ट्याक्टरमा माथिबाट ढुंगाले छोपेर तस्करी गरिरहेको अवस्थामा काठ बरामद भएको हो ।

मिक्लाजुङ क्षेत्रबाट आएको ट्याक्टरलाई जाँते बजारमा रहेको वडा कार्यालय अगाडि रोकिराखेको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोककुमार जवेगुले बताए ।

ढुंगाले छोपेको अवस्थामा ८४ थान सखुवाको चिरान काठ फेला परेको हो । बरामद भएको काठ ३६ दशमलव ८८ क्यूफिट छ । पक्राउ परेको काठसहित ट्याक्टरलाई शव डिभिजन वन कार्यालय मंगलबारेमा बुझाइएको छ ।

Loading...