fbpx

एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

विराटनगर, २८ कात्तिक । नेपालले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई हराउँदै नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको हो ।

dsf

नेपालले पहिलो स्वर्णपदक जित्दा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि आफ्नो बनाएको हो । नेपालले अपराजित रहँदै उपाधि जितेको हो । ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सेटमा पराजित गरेको हो ।

योसँगै नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि हासिल गरेको छ । झण्डै दुई वर्षपछि महत्वपूर्ण अन्तर्राीष्ट्रय प्रतियोगितामा सहभागी नेपाली महिला भलिबल टोलीले कुनै पनि ठूला प्रतियोगितामा जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले रजत पदक भने जितेको थियो ।

Loading...