fbpx

इमर्जिङ एसिया कप : पहिलो खेलमा नेपाल भारतसँग पराजित

विराटनगर, २८ कात्तिक । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । बिहीबार आफ्नो पहिलो खेल खेलेको नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको हो ।

ढाकास्थित कृरा शिक्खा मैदानमा नेपालले दिएको १ सय ९४ रनको मध्यम लक्ष्य भारतले ४२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि शनवीर सिंह ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा अर्मान जाफरले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । बेलुर रभी सरथले ४९ रन जोड्दा आर्यन जुएलले २९ रन बनाए ।

sdf

बलिङतर्फ नेपालका करण केसी, सुशन भारी र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १ सय ९३ रनमा समेटियो । नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सर्वाधिक ५६ रनको योगदान दिए । ४९ बल खेलेका उनले दुई छक्का र सात चौका प्रहार गरे ।

त्यस्तै नेपालले पहिलो ओभरको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको थियो तर नेपालका लागि शरद भेषवाकर र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । शरदले व्यक्तिगत ४४ रन जोड्दा कुशल २८ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी २४, करण केसी २०, विनोद भण्डारी पाँच तथा सोमपाल कामी र आरिफ शेख समान दुई–दुई रनमा बाहिरिए । त्यसैगरी ललितनारायण राजवंशी शून्य रनमा आउट हँुदा सुुशन भारीले दुई रन जोडे ।

भारतका सौरभ दुबे एक्लैले चार विकेट लिए भने एस राठोडले तीन तथा पर्थ रेखाडेले दुई विकेट झारे ।

प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, भारत र हङकङ छन् ।त्यस्तै समूह ‘ए’मा श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् ।

Loading...