fbpx

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, आठ घाइते

सल्यान, २८ कात्तिक । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । सल्यानको फलावाङदेखि दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ४६० नम्बरको जीप त्रिवेणी गाउँपालिका ४ बडाखोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने आठजना घाइते भएको प्रहरीले जनाएको छ

बिहीबार भएको उक्त दुर्घटनामा २ महिलाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुत्यु हुनेमा सोही गाउँपालिका ४ फलावाङ बस्ने ५९ वर्षीया योगी थापा र सोही स्थान बस्ने ५४ वर्षीया कृष्णदेवी परियार रहेको प्रहारीले जानकारी दिएको छ ।

Loading...