fbpx

‘मर्दानी २’ को ट्रेलर सार्वजनिक, रानीको एक्सन अवतार (भिडियोसहित)

विराटनगर, २८ कात्तिक । २०१४ मा प्रदर्शनमा आएको फिल्म मर्दानीको सिक्वल ‘मर्दानी २’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा युवतीमाथि हुने बलात्कारको घटनाको छानविन गरिरहेकी फिल्मकी मुख्य अभिनेत्री रानी मुखर्जीलाई एक्सन अवतारमा पनि देख्न सकिन्छ ।

फिल्मको पहिलो सिक्वलमा मुख्य भूमिकामा रहेकी रानी मुखर्जीले बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिका निर्वाह गरेकी थिइन् । फेरि पनि सिनेमामा रानी शिवानी शिवाजी राय नामसहित प्रहरी अधिकारीको भूमिकामा देखिने छिन् । उनको उक्त भुमिकालाई उत्कृष्ठ र प्रभावशाली प्रदर्शन गरेकोले फिल्मलाई दर्शकले खुबै मन पराएका थिए ।

यशराज फिल्मको प्रोडक्सनमा निर्माण भएको फिल्मलाई गोपी पुथरनले निर्देशन गरेका हुन् । रानीले यस फिल्ममा २१ वर्षका एक निर्दयी खलनायककासँग लडाइँ गरेकी छन् । सत्य घटनामा आधारित फिल्मकाबाट ‘मर्दानी’ फिल्मको लेखक गोपी पुथरनले निर्देशनमा डेब्यू गर्दै छन् ।

फिल्म डिसेम्बर १३ बाट प्रदर्शनमा आउने भएको छ । ‘हिच्की’ पछि रानी ‘मर्दानी २’ मार्फत स्क्रिनमा फर्किएकी हुन् ।

Loading...