fbpx

‘रोनाल्डो घाइते भएर सब्सिच्यूट भएका होइनन्, यहाँ केही खटपट छ’

एजेन्सी, २८ कात्तिक । पोर्चुगलका खेलाडी गान्कालो प्योसेन्सियाले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डो सब्सिच्यूट भएको विषयमा बोलेका छन् । युभेन्टसका प्रशिक्षक मौरिजियो सार्रीले रोनाल्डोलाई आराम दिन भन्दै सब्सिच्यूट गरेको भए पनि वास्तविकता त्यस्तो नभएको प्योसिन्सयाले बताएका छन् ।

सार्रीले रोनाल्डोलाई लगातार दुई खेलमा प्रतिस्थापन गरेका थिए । च्याम्पियन्स लिगअन्तर्गत लोकोमोटिभ मस्को र सिरी ‘ए’ अन्तर्गत एसी मिलानविरुद्धको खेलमा रोनाल्डो प्रतिस्थापित भएका थिए । सब्सिच्यूट भएपछि रोनाल्डो सार्रीसँग रुष्ट भएको बताइन्छ ।

तर, च्याम्पियन्स लिगको खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक सार्रीले रोनाल्डोलाई आराम दिनका लागि मात्र उनलाई स्थानान्तरण गरेको बताएका थिए । यस्तै सिरी ‘ए’को खेलमा पनि सब्सिच्यूट गरेपछि प्रशिक्षक सार्रीले फिट नभएका कारण आरामका लागि रोनाल्डोलाई रिप्लेस गरेको बताएका थिए ।

aa

उनले भनेका थिए, ‘हामीले रोनाल्डोलाई धन्यवाद दिनैपर्छ किनकी उनले अफ्ठेरो अवस्थामा रहेर भएपनि यो खेल खेले । ‘उनले जति सके त्यति खेले । तर, मैले ठीक अवस्थामा देखेको थिइँन । र, मैले उनलाई स्थानान्तरण गरेको हुँ । उनी त्यस्ता खेलाडी हुन् जो खेल्न मात्र रुचाउँछन् मैदान छोड्दा दुःखी हुन्छन् । विशेषगरी उनी मैदानमा कठिन मेहेनत गरिरहेका हुन्छन् ।’

af

रोनाल्डोले अघिल्लो महिनाबाट नै घुँडामा चोट बोकेको सार्रीको भनाइ थियो । ‘अघिल्लो महिनामा नै उनको घुँडामा सानो समस्या देखिएको थियो’, उनले भनेका थिए, ‘जब उनले कडा रूपमा अभ्यास गर्छन् वा खेल्छन्, उनको लिगामेन्टमा पीडा हुन्छ । तर, उनी यो चोट लुकाउँदै मैदानमा मेहेनत गर्छन् । उनको प्रदर्शनका आधारमा भन्नुपर्दा यो समय उनको अवस्था राम्रो छैन । सबैले राम्रो नै गर्न चाहन्छन् र उनले पनि राम्रो गरे । तर, उनको पीडा देखेर मैले उनलाई सब्सिच्यूट गरेँ ।’

तर, जर्मन क्लब फ्रान्कफर्टबाट खेलिरहेका प्यासेन्सियाले रोनाल्डो खेलमा घाइते अवस्थामा नदेखिएको बताएका छन् । ‘मसँग कुनै मेडिकल डिग्री छैन’, उनले बोला न्यूजसँगको कुराकानीका क्रममा भने, ‘तर, उनलाई मैले खेलमा ठीक अवस्थामा देखेको थिएँ । सबैभन्दा महत्त्वपूर्ण कुरा चाँहि के हो भने रोनाल्डो संसारकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । यसमा बुझ्नु पर्ने अर्को कुरा भने रोनाल्डो र सार्रीमा केही कुरा मिलेको छैन । यहाँ केही खटपट छ’

Loading...