fbpx

कुकुरको निधारमा उम्रियो पुच्छर (भिडियोसहित)

विराटनगर, २८ कात्तिक । अमेरिकामा टाउकोमा पुच्छर भएको कुकुर फेला परेको छ । अमेरिकाको मिसूरीको कठ्यांग्रिने जाडोमा १० हप्ताको निधारमा पुच्छर उम्रेको कुकुरको छाउरो भेटिएको हो ।

म्याक्स मिसन नामक गैरनाफामूलक संस्थाले शरण दिएको उक्त कुकुरको नाम नरह्वाल राखिएको छ । सामान्य पुच्छर भएको नारह्वालको निधारमा उम्रेको पुच्छर छोटो छ र ठ्याक्कै दुई आँखाको बीचबाट निस्केको छ । निधारमा उमेरको नरह्वालको त्यो पुच्छर हल्लिँदैन । तर, उसले कहिलेकाँही टाउको हल्लाँउदा भने त्यो सानो पुच्छर यताउता हल्लिन्छ ।

aa

पशुचिकित्सकहरूले एक्सरे गरेर हेर्दा उक्त पुच्छर निधारको कुनै पनि कुरासँग नजोडिएको देखाएको छ । पुच्छरको कुनै उपयोगिता नभए पनि त्यसले कुकुरलाई भने कुनै पनि प्रकारको पीडा दिएको छैन । पुच्छर हटाउनुपर्ने कुनै कारण नभएको हुँदा चिकित्सकहरूले तत्कालै पुच्छर निकाल्ने छैनन् ।

नरह्वालको तस्बिर सामाजिक संजालमा प्रकाशित गरिएपछि हेर्ने मानिसको एकदम भिड लागेको छ ।

Just another video of our narwhal the magical fuzzy unicorn puppy because we think he is amazing. (We are not accepting applications for him right now until we are very certain his unicorn horn is not going to have a growth spurt and become an issue) (no it does not wag) (yes he is keeping it) (yes he is amazingly awesome!!) Love,MacKeeperOfTheUnicorns

Posted by Mac the pitbull on Wednesday, November 13, 2019

Loading...