fbpx

औंला चुस्ने बानीले दाँतमा यस्तो हुन सक्छ

विराटनगर, २८ कात्तिक । सानो बच्चाको औंला चुस्ने बानीले गर्दा पछि गएर दाँतको बीचमा खाली ठाउँ हुन सक्छ । दुई दाँतको बीचमा भएको खाली भागले गर्दा मानिसको अनुहारको सौन्दर्यलाई केही हदसम्म घटाउने गर्छ ।

बाल्यावस्थामा देखिने यस्तो समस्यालाई मेडिकल साइन्समा डाइस्टेमा भनिन्छ । र, सानो उमेरमा बालबालिका तथा उनीहरूका अभिभावकले समेत यसको खासै वास्ता भने गरेको हुँदैन । जब मानिस ठूलो हुँदै जान्छ, त्यसपछि दाँतको बीचमा भएको खाली भागलाई समस्याको रूपमा लिन सुरु गर्छ । बाल्यावस्थामा औंला चुस्ने बानीका कारण डाइस्टेमा हुने चिकित्सकहरूले बताउँदै आएका छन् । दन्त विशेषज्ञहरू दाँतको सन्तुलन नमिल्दा दुई दाँतको बीचमा यस्तो ग्याप देखिने बताउँछन् ।

dsaf

कतिपय अवस्थामा बालबालिकाहरूको औंला चुस्ने गलत बानी व्यवहारका कारण दाँतको बीचमा खाली ठाउँ बनिरहेको हुन्छ । बालबालिकाको औंला चुस्ने बानीका कारण दाँत निस्कने समयमा गिजामा दबाबपर्ने गइ दाँतले स्वतन्त्र रूपमा विकास हुन पाउँदैन । जसकारण गिजामा इन्फेक्सन हुन्छ र दाँतको बीचमा ग्याप रहन जान्छ ।

औंला चुस्ने बानीले यस्तो नभएको खण्डमा खानाको गलत बानीका कारण पनि यो समस्या देखिन सक्छ । केही बच्चा जब गलत तरिकाबाट खाना खाने गर्छन्, उनीहरूको जिब्रोनजिक रहेका दाँतमा लगातार ठोक्न्छि र बिस्तार दाँतको बीचमा ग्याप हुन सुरु हुन थाल्छ । त्यसैले समयमा नै बच्चाहरूको औंला चुस्ने बानीलाई हटाउनु पर्छ ।

औंला चुस्ने बानी छुटाउनका लागि बालबालिका जेको स्वाद मन पराउँदैन त्यही कुरा उनीहरूको औंलामा लगाइदिनुपर्छ । औंलामा पट्टी बाँधेर वा औंला चुस्न रोक्ने चीज प्रयोग गरेर पनि बालबालिकालाई नियन्त्रण गर्न सकिन्छ । यसबाहेक बालबालिकालाई मायालु पारामा सम्झाउन पनि सकिन्छ ।

Loading...