fbpx

‘मेस्सीले आफू विश्वकै उत्कृष्ट भएको कुरा प्रत्येक दिन साबित गर्छन्’

एजेन्सी, २८ कात्तिक । बार्सिलोना युवा खेलाडी अबेल रुइजले आफ्ना कप्तान लियोनल मेस्सीको तारिफ गरेका छन् । १९ वर्षीय रुइजले हालै दिएको एक अन्तर्वार्ताका क्रममा मेस्सीले आफू विश्वकै उत्कृष्ट भएको कुरा प्रत्येक दिन साबित गर्ने बताएका छन् ।

sdaf

स्पेनिस फुटबलर रुइज सिनियर टोलीबाट अभ्यास गर्दा मेस्सीसँग संवाद गर्ने गरेको बताए । ‘मेस्सी अविश्वसनीय छन्’ उनले भने, ‘उहाँ प्रभावशाली हुनुहुन्छ । जब म उहाँहरूसँग अभ्यास गर्न जान्छु, म रमाइलो गर्न सक्छु । मेस्सीलाई पाँस दिँदै उहाँबाट पास लिन्छु र आनन्द लिन्छु । त्यो बेलाको महसूस तपाईँले वर्णन पनि गर्न सक्नुहुन्न ।’

उनले आफू विश्वकै उत्कृष्ट भएको कुरा मेस्सीले प्रत्येक दिन साबित गर्ने बताए । ‘मेरा लागि उहाँ विश्वका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । र, यो कुरा उहाँले प्रत्येक दिन साबित गर्दै आइरहनुभएको छ । उहाँसँग फरक क्षमता छ । फुटबल इतिहासमा उहाँजस्तो कोही हुनु असम्भव छ ।’

Loading...