fbpx

मानसिक तनाव कम गर्नका लागि हाँस्नुपर्छ

विराटनगर २७ कात्तिक । जीवन सफल बनाउनका लागि जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराउन सक्नु र सिक्नु पर्छ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो । हाँस्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुनुका साथै तनावको लागि प्राकृतिक औषधि मानिन्छ ।

हाँस्नु भनेको अवाज निकालेर, खित्का छोडेर तथा हल्ला गर्ने भन्दा पनि खुसी रहनुले विशेष अर्थ राखेको हुन्छ । हाँस्दा शरीरका अंगहरू सक्रिय हुने हुदा शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ । खुलेर हाँस्दा शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ ।

शरीरमा रगतसंचार पनि राम्ररी हुने हुदा शारीरिक पिडा पनि केहि हद सम्म हराएर जान्छ । दिल खोलेर हाँस्दा मानसिक तनाव सजिलै संग कम गर्न सकिन्छ ।
तनावकै कारण मानव शरीरमा हुने विभिन्न शारीरिक तथा मानसिक समस्याबाट जोगिनका लागि हाँस्न एकदम जरुरी हुन्छ ।

खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन र अनिद्राको समस्या पनि हट्ने गर्छ । हँसिलो मुहार भएको मानिसले सजिलै अरूको मन जित्न सक्छ र छिट्टै सबैको प्यारो हुने गर्छन् । व्यवसाय गर्ने मानिसहरुलाई अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी मानिन्छ ।

मुस्कुराउने वा नरम हुनाले परिवारमा तथा साथीभाई र कार्यालयमा झै( झगडा कम भै एक अर्कासँगको सम्बन्ध सुमधुर रहने हुदा तनाव कम हुने एक अनुसन्धानले प्रमाणित गरेको छ । टिभीमा कमेडी कार्यक्रम हेर्दाहेर्दै वा केहि किताबहरू पढेर पनि हाँसेर तनाव कम गर्न सक्छौं ।

Loading...