fbpx

बार्सिलोनाको सहज जित

विराटनगर, २८ कात्तिक । स्पेनिस क्लब बार्सिलोनाले क्लब मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोानाले स्पेनकै क्लब कार्टागेनाविरुद्ध २–० गोलको जित दर्ता गरेको हो ।

कार्टगेनाकै घरेलु मैदानमा भएको उक्त खेलमा बार्सिलोनालाई जिताउन कार्लेस पेरेज र अलेजान्ड्रो मार्कुसले समान एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा बार्सिलोनाले दुवै गोल गरेको थियो ।

खेलको ६४औं मिनेटमा पेरेजले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । यस्तै खेलको ८८औं मिनेटमा मार्कुसले गोल गर्दै टोलीलाई जिताए ।

Loading...