fbpx

बेसाहाराको सारथी मानव सेवा आश्रम सहयोगी हातको खोजीमा (भिडियोसहित)

रंगेली, २७ कात्तिक । सडकमा कष्टकर जीवन बिताइरहेकाहरूलाई आश्रय दिइरहेको मानव सेवा आश्रम दाताहरूको पर्खाइमा बसेको छ । सडकमा भौतारिएर हिँड्न बाध्य अनाथ, अपाङ्ग, अशक्त, असहाय तथा मनोरोगीलाई संरक्षण र उपचार गर्दै आएको आश्रम सहयोगी हातको पर्खाइमा बसेको हो ।

मकवानपुरको हेटौँडा केन्द्रीय कार्यालय रहेको आश्रमले प्रदेश १ लाई लक्षित गरी विराटनगर–१० तीनटोलियामा आश्रम सञ्चालनमा ल्याएको छ । दाताको चन्दाको भरमा चल्दै आएको आश्रमले विराटनगरको शाखा सञ्चालनका लागि दयालु दाताहरू पर्खिरहेको हो ।

aaa

घर भाडामा लिएर भर्खरै सञ्चालनमा आएको शाखाका लागि विराटनगर महानगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । तर, मासिक १ लाख २० हजार भाडा तिर्नुपरेका कारण दाताहरूको खोजीमा रहेको अभियन्ता नवराज केसीले बताए ।

उनका अनुसार आश्रममा ६० जनासम्म बेसाहाराहरुलाई राख्न सकिन्छ । आश्रममा पाँच पुरुष, पाँच महिला र एक–एक बालक र बालिकासहित १४ जना छन् । प्रदेश १ मा रहेका बेसाहाराहरूको उद्धार गरेर संख्या बढाउँदै लाने अभियन्ता नवराजले बताए । आश्रमलाई प्रदेश १ सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

हेटौँडामा केन्द्र १४ स्थानमा शाखा

प्रदेश नम्बर ३ को हेटौँडामा मुख्य कार्यालय रहेको आश्रमले सात प्रदेशका १४ स्थानमा मानव सेवा आश्रमको शाखाहरू सञ्चालनमा ल्याएको छ । सबै शाखाहरूको काम सडकमा भौतारिने बेसाहाराहरुलाई उद्धार गरी उपचारसहित संरक्षण गर्ने हो ।

sadf

चिकित्सकको निगरानीमा उपचार पनि हुने भएका कारण आश्रम पुगेका कतिपय मानिस समाजमा पुनस्र्थापित पनि हुन्छन् । आश्रमका १४ शाखामा ९ सय जनाको सेवा गरिरहेको अभियन्ता केसीले बताए । आश्रमले उद्धार गरेका ८ सय जनालाई परिवारसँग जोडने काम पनि गरिसकेको छ । अश्रमले विदेशी दाताको सर्शत सहयोग पनि नलिने गरेको उनले बताए ।

 

सहयोगी हातको खोजीमा बेसाहाराको सारथी मानव सेवा आश्रम !

सहयोगी हातको खोजीमा बेसाहाराको सारथी मानव सेवा आश्रम !

Posted by Koshi Online on Wednesday, November 13, 2019

Loading...