fbpx

मानिसको अनुहारजस्तो माछा (भिडियोसहित)

एजेन्सी, २७ कात्तिक । चीनको कुनमिङ्गमा पोखरीमा पौडिरहेको एक माछाको भिडियो अहिले भाइरल बनेको छ । मानिसको अनुसारसँग मिल्दो जुल्दो देखिने एक माछाको भिडियोले सामाजिक संजालमा तहल्का नै मच्चाएको देखिन्छ ।

उक्त भिडियोमा माछाको अनुहार मानिसको अनुहारसँग मिल्दो देखिएको छ । पोखरीमा पौडिरहेको माछाको भिडियोलाई नियालेर हेर्दा माछाको आँखा, नाक र मुख हूबहू कुनै एक मानिसको जस्तो देखिन्छ ।

चीनको दक्षिण कुनमिङ्गको एक टोलमा भ्रमणका लागि पुगेकी एक महिलाले पोखरीमा मानिसको अनुहार भएको माछा देखेपछि माछाको भिडियो खिचेकी थिइन् । उक्त भिडियो ती महिलाले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेपछि निकै भाइरल भएको छ ।

https://twitter.com/fun4laugh2/status/1193366123862867968?s=20

Loading...