fbpx

राजु लामाको ‘बिस्तारै बिस्तारै’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, २७ कात्तिक । मङ्गोलियन हर्टका चर्चित तथा लोकप्रिय गायक राजु लामाको ‘बिस्तारै बिस्तारै’ बोलको सार्वजनिक भएको छ । गीतलाई राजुकै अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

डिपी खनालको शब्द रहेको गीतमा मनोज थापा मगरले सङ्गीत भरेका छन् भने गीतमा देबेश राईले एरेन्ज गरेका छन् । सार्वजनिक गरिएको गीतको भिडियोमा राजुका साथ नैना थापालाई देख्न सकिन्छ । निकै सुन्दर बनेको भिडियोमा राजु र नैनाको केमेस्ट्री निकै राम्रो रहेको देख्न सकिन्छ ।

सार्वजनिक गरेको गीतले जीवनमा प्रेमको अर्थलाई बयान गरेको छ । छेवाङ लामाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई मनाङमा सन्जीत श्रेष्ठले छायांकन गरेका हुन् । गीतको भिडियोलाई बिजेश पौड्यालले सम्पादन गरेका हुन् ।

Loading...