fbpx

नङको रंग र आकार हेरेर पत्ता लाग्छ शरीरको रोग

विराटनगर, २७ कात्तिक । नङले औँलाको शोभा बढाउने काम गरिरहेको हुन्छ । धेरै जसो महिलाहरूले नङलाई सुन्दर र आकर्षक देखाउनका लागि नङ पालिसको प्रयोग गर्छन् । तर, नङलाई सौन्दर्यसँग मात्रै जोड्नुभन्दा पनि आफ्नो नङको रंग र आकार हेरेर शरीरमा लागेका विभिन्न रोगबारे पत्ता लगाउन सकिन्छ ।

नङको रंग हल्का निलो वा गाढा निलो देखिन थालेमा शरीरलाई आवश्यक मात्रामा अक्सिजन प्राप्त नभएको बुझ्न सकिन्छ । अक्सिजन नपुगेको खण्डमा श्वासप्रश्वाससम्बन्धी रोग या नाडीमा समस्या हुने सम्भावना बढ्छ । अत्यधिक चिसोका कारण पनि नङको रंग निलो हुन सक्छ ।

dfg

नङको आकार मोटो, बढ्न छोडेको तथा नङको रंग पहेँलो हुँदै गएको छ भने फोक्सोमा समस्या हुन सक्छ । नङको रंग आधा फिका र आधा सेतो देखिएमा रगतमा ‘रेड ब्लड सेल’ को कमिका कारण यस्तो हुने गर्छ । यस्तोबेला अत्यधिक आइरन पाइने खानेकुरा प्रशस्त मात्रामा खाने गर्नु पर्छ ।

कहिलेकाहीँ आइरनको कमिले नङ फुल्ने अर्थात् नङमा सानो सेतो धर्सा पनि देख्न सकिन्छ । नङको रंग रातो देखिन थालेमा हाई ब्लडप्रेसरको संकेत देखिएको भनेर बुझिन्छ । नङको रंग अत्यधिक रातो देखिएको अवस्थामा मुटु नै जोखिममा रहेको हुन्छ ।

थाइराइड नङको जराबाट पनि निस्किन सक्ने हुँदा निकै पातलो नङलाई पानीमा हात डुबाउँदा नङ टुक्रिने, चिरिने, रुखो देखिने तथा फुट्ने गर्छ भने उच्च अवस्थाको थाइराइड हुने सम्भावना देखिन्छ ।

Loading...