विराटनगर, २७ कात्तिक । नयाँ फिल्म ‘लाल सिंह चड्ढा’को सेटबाट बलिउडका चर्चित अभिनेता आमिर खानको भूमिका सार्वजनिक भएको छ । सार्वजनिक गरिएको उक्त तस्विरमा आमिरले फिल्म ’लाल सिंह चड्ढा’मा सरदारको भूमिका निर्वाह गरेको देखिन्छ ।
फोटोमा उनी सरदारको लुक्समा देखिएका छन् । उनी पहिलो पटक फिल्ममा सरदारको लुक्समा देखिएका हुन् । यसअघि फिल्मको मोशन पोस्टर पनि सार्वजनिक भइसकेको छ । फिल्ममा अभिनेत्री करीना कपुरले आमिरको श्रीमतीको भूमिका निर्वाह गरेकी छन् ।
‘लाल सिंह चड्ढा’ हलिउड स्टार टम ह्याक्सको हलिउड फिल्म ‘फरेस्ट गुम्पस’को हिन्दी रिमेक हो । यो फिल्मले अस्कार अवार्डसमेत जितेको थियो । फिल्मको कथा १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरूको कहानीमा आधारित रहेको छ ।
फिल्म सन् २०२० को क्रिस्मसको अवसरमा रिलिज हुने भएको छ ।