fbpx

कक्षा तीनमा अध्ययनरत बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

चितवन, २७ कात्तिक । चितवनमा कक्षा तीनमा अध्ययनरत बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ । घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

उनका अनुसार विकलाई चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको बताए । रासस

Loading...