fbpx

विश्वकप विजेता तथा बार्सिलोनाको पूर्वस्टार भिल्लाले लिए सन्यास

एजेन्सी, २७ कात्तिक । स्पेनका विश्वकप विजेता डेभिड भिल्लाले सन्यासको घोषणा गरेका हुन् । ३७ वर्षीय भिल्लाले बुधबार फुटबल जीवनबाट सन्यासको घोषणा गरेका हुन् ।

asf

जापानिज क्लब भिजेल कोबेबाट खेलिरहेका भिल्लाले एक पत्रकार सम्मेलन गरी अर्को महिनाबाट सन्यास लिने घोषणा गरेका हुन् । अर्काे महिना जे लिग सकिने बताउँदै उनले जे लिग सकिएपछि आफूले सन्यास लिने बताए ।

बार्सिलोनाका पूर्वस्टार भिल्ला यसै वर्षको सुरुआतमा जापानिज क्लब भिजेज कोबेमा अनुबन्ध भएका थिए । ३ वटा लिग खेल खेलेपछि उनले सन्यास लिएका हुन् ।

जे–लिगमा उनले २६ खेल खेल्दा १२ गोल र २ असिस्ट गरेका छन् । क्लब कअिरमा उनले तीन वटा ला लिगाको उपाधि जितेका छन् । यस्तै ३ वटा कोपा डेल रेको उपाधि जितेका उनले २०११ को च्याम्पियन्स लिग जितेका थिए ।

यता, स्पेका लागि उनले २००८ मा युरो कप जितेका थिए । यस्तै २०१० को विश्वकपको उपाधि पनि उनले जितेका थिए । उनले बार्सिलोनामा खेल्नुअघि भ्यालेन्सियामा ५ वर्ष बिताए । यस्तै ३ वर्ष बार्सिलोनाबाट खेलेका उनले १ वर्ष एथ्लेटिको मड्रिडमा खेले ।

Loading...