fbpx

दैनिक २० भन्दा बढी चुरोटको सेवनले बनाउँछ अन्धो

विराटनगर, २७ कात्तिक । चुरोट सेवनका कारण स्वास्थ्यमा पर्ने अनेक समस्याहरूबारेमा अधिकांश मानिसहरूलाई थाहा नै छ । नकारात्मक असरको बारेमा थाहा भएर पनि फेसनको नाममा धेरै मानिसहरू चुरोटको कुलतमा रमाइरहेका छन् । फेसनको नाममा सुरु गरेको यसको सेवन कहिले गएर बानी हुन पुग्छ थाहा नै हुँदैन ।

बिस्तारै बसेको बानीलाई तुरुन्त छुताउन पनि निक्कै गाह्रो हुने गर्छ । तर, दिनमा एउटा पनि चुरोट सेवन गर्नु हुँदैन भन्ने कुरा थाहा हुँदा हुँदै मानिसहरू बट्टाका बट्टा चुरोट उदाउने गर्छन् । धूमपानका कारण मुटुदेखि मस्तिष्कसम्म विभिन्न रोगहरू लाग्ने विभिन्न अध्ययनले देखाइसकेका छन् ।

asf

तर, चुरोटले गर्ने असर चाहिँ यतिमात्रमा सीमित छैन । रुट्गेर्स विश्वविद्यालयका विद्यार्थीहरूले गरेको एक अध्ययनले २० वटा चुरोट दैनिक सेवन गर्ने व्यक्तिहरू अन्धो हुन सक्ने पत्ता लगाएको छ । २५ देखि ४५ वर्षका मानिसलाई समावेश गरेको उक्त अध्ययनको निष्कर्ष साइकियाट्री रिसर्च नामको जर्नलमा प्रकाशित भएको छ ।

अध्ययनका अनुसार चुरोटमा हुने निकोटिन तथा विभिन्न केमिकलहरूका कारण मानिसलाई आँखा सम्बन्धि विभिन्न समस्याहरू पनि देखापर्न थालिन्छ । अध्ययनले धेरै चुरोट खानेहरुको आँखा खराब हुनुका साथै मस्तिष्कले पनि रंग छुट्ट्याउन गाह्रो पर्ने देखाएको छ । साथै कोही मान्छे छेउमा बसेर चुरोट खाइरहेको छ भने त्यसको धूँवाले समेत हामीलाई असर पर्न सक्छ ।

Loading...