fbpx

युट्युबमा आयो ‘शत्रु गते’, यहाँबाट हेर्नुहोस् पूरा फिल्म

विराटनगर, २७ कात्तिक । २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ युट्युबमा सार्वजनिक भएको छ । लामो समयको प्रतीक्षापछि दर्शकको कौतूहलतालाई मेट्दै फिल्मलाई ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको छ ।

हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीको संयुक्त निर्माण रहेको फिल्ममा ‘मह जोडी’ सहित दीपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

सोसल ड्रामालाई कमेडी जानरामा निर्माण गरिएको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । हलमा सय दिन मनाएको फिल्मले राम्रो व्यापार गरेको थियो ।

 

Loading...