fbpx

रोनाल्डो र मेस्सीलाई पछि पार्दै लुका मोड्रिकले जिते ‘गोल्डेन फूट अवार्ड’

एजेन्सी, २७ कात्तिक । रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिकले ‘गोल्डेन फूट’ अवार्ड जितेका छन् । क्रोएशियाका स्टार मोड्रिकले खेलाडीको व्यक्तिगत एवम् टिम र खेलाडीको सफलताको आधारमा प्रदान गरिने उक्त अवार्ड हात पारेका हुन् ।

खेलाडीको व्यक्तिगत सफलता, टिमको सफलता तथा खेलाडीको व्यक्तित्त्वको आधारमा दिइने उक्त अवार्ड जित्ने क्रममा मोड्रिकले आफ्ना पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई पछि पारे । उनलाई अघिल्लो राति फ्रान्सको मोनाकोमा एक समारोहका बीच उक्त अवार्ड प्रदान गरिएको हो ।

dfg

यस अवार्डको दौडमा मेस्सी र रोनाल्डोका साथै रियलका कप्तान सर्जियो रामोस, बार्सिलोनाका जेरार्ड पिके, युभेन्टसका जर्जियो चिलिनी जस्ता खेलाडीहहरू पनि प्रतिस्पर्धामा थिए । यस्तै रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख), वायने रुनी (एमएलएस डीसी युनाइटेड), थियागो सिल्भा (पीएसजी), सर्जियो अगुएरो (म्यानचेष्टर सिटी) पनि यस अवार्डको दौडमा थिए । तर, सबैलाई उछिन्दै लुकाले यो अवार्ड जितेका हुन् ।

अन्तर्राष्ट्रिय प्रतिष्ठित अवार्डमध्ये एक यो अवार्ड २८ वर्ष वा सोभन्दा बढी उमेरका खेलाडीलाई मात्रै प्रदान गर्ने गरिन्छ । र, अगाडि यो अवार्ड पाएका खेलाडीले पुनः पाउँदैनन् । सन् २००३ देखि प्रदान गरिँदै आएको यस अवार्ड हालसम्म १६ जना खेलाडीले पाइसकेका छन् । विगतमा पाएका १६ जनाले यो अवार्ड पाउँदैनन् ।
यसअघि पनि युभेन्टसकै खेलाडीले सबैभन्दा धैरै पटक यो अवार्ड जितेका छन् । युभेन्टसका खेलाडीले ३ पटक यो अवार्ड जित्दा पीएसजी र मिलानका खेलाडीले समान २–२ पटक यो अवार्ड जितेका छन् ।

Loading...