fbpx

उपनिर्वाचन : मनोनयनका लागि चार घण्टाको समय

विराटनगर, २७ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनको आज उम्मेद्धवारी दर्ता हुँदैछ । उम्मेद्धवारी दर्ताका लागि निर्वाचन कार्यालयले बिहान १० बजेदेखि १ः३० बजेसम्मको समय तोकेको छ ।

प्रदेश एकका तीन पालिका अध्यक्षसहित १० स्थानमा निर्वाचन हुँदैछ । धरानमा उम्मेद्धवारी दर्ताको चहलपहल सुरु भएको छ । धरान मेयरको निर्वाचनमा नेपाली कांग्रेसका तिलक र नेकपाका प्रकाश राई प्रमुख दाबेदार छन् ।

मनोनयनका लागि निर्वाचन कार्यालयले नेपाली कांग्रेसलाई ११ बजे र नेकपालाई १२ बजेको समय निर्धारण गरिएको छ । अन्य साना दल र स्वतन्त्र उम्मेद्धवारका लागि भने समय तोकिएको छैन । मंसिर १४ गते हुने उप निर्वाचनका लागि फाल्गुनन्द गाउँपालिकामा नेकपाले वीरबहादुर कुरुङ्वा र कांग्रेसले वृज आङदाम्बेलाई उम्मेद्धवार बनाउँदैछ ।

समाजवादी पार्टीले बिमला नेम्वाङलाई उम्मेद्धार बनाउने निर्णय गरेको छ । संखुवासभाको मकालु गाउँपालिकामा कांग्रेसले बिमन पराजुली र नेकपाले तेजबहादुर पोखरेललाई उम्मेद्धवार बनाउने निर्णय गर्दा समाजवादी पार्टीले नोर्बु शेर्पाको मनोनयन दर्ता गर्दैछ ।

तीन स्थानीय तहसँगै प्रदेश एकमा पाँचरकै हिलिहाङ गाउँपालिका ८ र फिदिन नगरपालिका १, मोरङको धनपालथान गाउँपालिका २, संखुवासभाको खाँदबारी नगरपालिका ३, खोटाङको साकेला गाउँपालिका ३, भोजपुरको पौवादुम्बा गाउँपालिका १ मा उपनिर्वाचन हुँदैछ ।

Loading...