fbpx

‘बुलबुल’का चोपेन्द्र अन्तरे बन्दै

विराटनगर, २७ कात्तिक । फिल्म ‘अन्तरे’ निर्माण हुने भएको छ । फिल्मका मुख्य पात्रमा ‘बुलबुल’ फिल्ममा चोपेन्द्रको भूमिकाबाट चर्चामा आएका अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । सत्यराज चौलागाँइको निर्देशनमा तयार हुन लागेको फिल्म ‘अन्तरे’मा मुकुन फिल्मको शीर्ष पात्र अन्तरे बनेका छन् ।

फिल्मको निर्माण टिम र स्क्रिप्ट राम्रो भएकाले आफूले फिल्ममा अभिनय गर्न पक्का भएको मुकुनले बताएका छन् । उनले बुलबुलबाट पाएको मायामा कुनै कमी नहोस् भनेर राम्रो कथा खोजिरहेको र सोही समयमा ‘अन्तरे’को स्क्रिप्ट आइपुगेको हुनाले फिल्म गर्न राजि भएको थपे ।

समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै फिल्म बन्न लागेको उनको भनाइ रहेको छ । मुकुनको अपोजिटमा अभिनय गर्ने अभिनेत्री भने तय भएको छैन । फिल्मको लागि अन्य कलाकारको छनोट भइरहेको निर्देशक चौलागाँइले जनाए । ‘रेड आइज फिल्म्स’को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई राज पण्डित र सुवास राईको संयुक्त लगानी रहने छ ।

मुकुनले यसै वर्ष साहित्यकार भीमनीधि तिवारीको कथामा आधारित ‘झिंगेदाउ’मा पनि काम गर्नेछन् ।

Loading...