fbpx

रियल छोड्दै मोड्रिक, देखाए इटाली जाने संकेत

एजेन्सी, २७ कात्तिक । रियल मड्रिडका स्टार लुका मोड्रिकले क्लब छोड्ने संकेत देखाएका छन् । क्रोएशियालाई रसिया विश्वकपको उपविजेता बनाएको मोड्रिकले रियल छोडेर इटालियन क्लब जाने संकेत देखाएका हुन् ।

हालै दिएको एक अन्तर्वार्ताका क्रममा उनले यसै सिजनको अन्त्यमा क्लब छोड्ने संकेत देखाएका हुन् । बालोन डी‘ओरका हालका विजेता मोड्रिकले अहिले रियलमा आठौं सिजन बिताइरहेका छन् । उनका लागि अघिल्लो समरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट अफर आएको थियो । र, त्यसको अघिल्लो वर्ष इटालियन क्लब इन्टर मिलानसँग उनी जोडिएका थिए ।

asd

यस्तैमा उनले आफू चाँडै सिरी ‘ए’ क्लब जाने बताएका छन् । ‘स्काई इटालिया’सँगको कुराकानीमा उनले भनेका छन्, ‘मलाई इटाली मन पर्छ, यो क्रोएशियाबाट नजिक छ । म सिरी ‘ए’ हेर्छु किनकी मेरा राष्ट्रिय टोलीका सहकर्मीहरू त्यहाँबाट खेल्छन् ।’

‘म पनि एक दिन इटालीबाट खेल्न सक्नेछु’, उनले थपे, ‘म अहिले नै यो विषयमा बोल्न सक्दिँन किनभने म रियल मड्रिडको खलाडी हुँ । अहिलेका लागि म रियलको हुन मन पराउँछु तर मेरो भविष्य भने म सिरी ‘ए’ मै देख्छु ।’

सन् २०१२ मा टोटनह्यामबाट रियल आएका उनले एउटा ला लिगा जितेका छन् भने चार वटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् । रसिया विश्वकपमा टोलीलाई फाइनलसम्म पुर्याएका उनले सोही वर्ष स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको दबदबा तोड्दै बालोन डी‘ओरको अवार्ड जितेका थिए ।

Loading...