fbpx

रोड्रिगोले अर्जेन्टिनाविरुद्ध खेल्दै ब्राजिलको टोलीमा डेब्यू गर्ने

एजेन्सी, २६ कात्तिक । स्पेनिस क्लब रियल मड्रिडका युवा स्टार रोड्रिगोले अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यू गर्ने भएका छन् । ब्राजिलका प्रशिक्षक टिटेले १८ वर्षीय रोड्रिगोलाई अभ्यास खेलमा समावेश गरेका छन् ।

ब्राजिलले अर्जेन्टनासँग आउँदो शुक्रबार अर्थात् नोभेम्बर १५ मा प्रतिस्पर्धा गर्दैछ । यी दुईबीचको खेल साउदी अरेबियाको रियादमा हुनेछ । यस खेल नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ । यसै खेलबाट रोड्रिगोले राष्ट्रिय टोलीमा डेब्यू गर्ने भएका हुन् ।

aa

यसै सिजन रियल मड्रिडमा अनुबन्ध भएका उनीलाई सोमबार मात्र ब्राजिलको सिनियर टोलीमा बोलाइएको थियो । उनले सोमबारबाटै अभ्यासमा सहभागिता जनाएका थिए । रियलमा उनले आफ्नो प्रदर्शनका कारण सबैलाई अचम्मित पारेका छन् ।

रियलबाट उनले च्याम्पियन्स लिगमा ३ गोल गरेका छन् । समूह चरणको खेलमा गालातासरेविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेको रोड्रिगोले ला लिगामा २ गोल गरेका छन् । ला लिगाको डेब्यू खेलमा मैदान प्रवेश गरेको एक मिनेटमा नै गोल गर्दै उनले सबैलाई अचम्मित पारेका थिए ।

Loading...