fbpx

ऋतिक रोशनको फ्यान भएका कारण पत्नीको हत्या

एजेन्सी, २६ कात्तिक । अमेरिकामा एक जना व्यक्तिले बलिउडका चर्चित अभिनेता ऋतिक रोशनको फ्यान भएका कारण आफ्नी पत्नीको हत्या गरेका छन् । अमेरिकाका ३३ वर्षीय दिनेश्वर बुद्धिदातले आफ्नो पत्नीले ऋतिकलाई मन पराएको तथा फ्यान भएको भनेर हत्या गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिनेश्वरले आफ्नी २७ वर्षीया पत्नी डोन्ने डोजोयलाई चक्कु प्रहार गरी बीभत्स हत्या गरेका हुन् । दुवैको विवाह जुलाईमा मात्र भएको थियो । डोन्ने बारटेन्डरको काम गर्थिन् र ऋतिकको ठुलो फ्यान रहेकी थिइन् । पत्नीको हत्यापछि दिनेश्वरले पनि आत्महत्या गरेका छन् ।

डोजोयका साथीहरूले बताएअनुसार उनी ऋतिक रोशनको ठूलो शुभचिन्तक थिइन् र यस कुराले दिनेश्वरलाई आफ्नी पत्नीदेखि धेरै जलन हुने गर्थ्यो । अभिनेताप्रतिको माया र लगावकै कारण उनको पतिले उनको हत्या गरि आफूले उक्त कुराको दुःख सहन नसकेपछि आत्महत्या गरेका हुन् । घर छिमेकी ५२ वर्षीया माला रामधानीले डोजोयले ऋतिकको गीत हेर्दा पनि पतीले बन्द गरिदिने कुरा सुनाएको बताइन् ।

Loading...