fbpx

रौतहटको एक प्रहरी चौकीमा बम विस्फोट, एक प्रहरी जवान घाइते

रौतहट, २६ कात्तिक । रौतहटमा एक प्रहरी चौकीमा बम विस्फोट हुँदा एक प्रहारी घाइते भएका छन् । रौतहटको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम विस्फोट हुँदा एक प्रहरी जवान घाइते भएका हुन् ।

दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीका अनुसार प्रहरी चौकीमा सुतली बम प्रहार भएको हो । तर, विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको डिआइजी कार्कीको भनाइ छ । प्रहरीले बल विस्फोट गराएको आशंकामा एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । उनीसँथ यस विषयमा सोधपुछ हुँदै गरेको डिआइजी कार्कीको भनाइ छ ।

Loading...