fbpx

गर्भावस्थामा लिपस्टिकको प्रयोग गर्दा आमा र बच्चा दुवैलाई खतरा

विराटनगर, २६ कात्तिक । गर्भावस्थामा सौन्दर्यका सामाग्री प्रयोगमा कम गर्नु नै बच्चा तथा आमा दुवैको स्वास्थ्यको लागि राम्रो मानिन्छ । गर्भावस्थामा लिपस्टिक तथा अन्य मुखमा सजिलै पस्न सक्ने सौन्दर्य सामाग्रीको प्रयोग गर्नाले आमा तथा बच्चा दुवैलाई हानिकारक हुन सक्छ । यस्ता सामाग्रीको प्रयोगले गर्भमा रहेको बच्चालाई नकारात्मक असर पुर्याउने गर्छ ।

अमेरिकामा हालै भएको एक अध्ययनले निष्कर्ष निकालेअनुसार गर्भावस्थाकोे क्रममा मुखमा सजिलै तरिकाले भित्र पस्ने किसिमका सौन्दर्य प्रशाधनको प्रयोग गर्ने महिलाका बच्चाहरूमा किशोरावस्थामा ‘मोटर स्किल’ समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

‘एन्वायरमेन्टल रिसर्च’ पत्रिकामा प्रकाशित भएको उक्त अनुसन्धानमा उल्लेख गरिएको मोटर स्किल समस्याका पीडितलाई नाँच्न, कुद्न, ब्यायाम गर्न तथा अन्य शारीरिक अभ्यास र हिँडडुल गर्न समस्या हुने गर्छ ।

गर्भावस्थाको क्रममा आमा धेरै थालेट (सौन्दर्य सामाग्रीमा प्रयोग गरिने एकप्रकारको एसिड), लिड तथा सीसाको सम्पर्कमा आउँदा बच्चालाई किशोरावस्थामा हिँडडुल गर्न र शारीरिक अभ्यास गर्न समस्या आउने अध्ययनले पुस्टि गरेको छ । यस्तो समस्या छोराहरूमा भन्दा धेरै छोरीहरुमा देखिने गरेको पाइएको छ ।

Loading...