fbpx

म बार्सिलोनाको इतिहासमा उत्कृष्ट खेलाडी होइन : मेस्सी

एजेन्सी, २६ कात्तिक । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफू बार्सिलोनाको इतिहासमा उत्कृष्ट खेलाडी नभएको बताएका छन् । हालै दिएको एक अन्तर्वार्ताको क्रममा ३२ वर्षीय मेस्सीले आफू बार्सिलोनाको इतिहासमा उत्कृष्ट खेलाडी नभएको बताएका हुन् ।

अर्जेन्टिनी कप्तान मेस्सी १५ वर्षयता स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै आएका छन् । सन् २००४ देखि क्याप नोउमा खेलिरहेका मेस्सीले पाँच पटक फुटबलको सर्वाधिक प्रतिष्ठित अवार्ड बालोन डी‘ओर जितेका छन् । बार्सिलोनालाई ३४ वटा ट्रफी जिताउन सफल उनले चार वटा च्याम्पियन्स लिगको अवार्ड जितेका छन् ।

sdaf

क्लबलाई १० वटा स्पेनि ला लिगाको उपाधि दिलाएका मेस्सीले ६ वटा कोपा डेल रेको उपाधि हात पारेका छन् । तर, हालैको एक अन्तर्वार्ताका क्रममा मेस्सीले आफूलाई बार्सिलोनाको इतिहासमा उत्कृष्ट खेलाडी नभएको धारणा राखेका छन् । ‘म बार्सिलोनाको इतिहासमा उत्कृष्ट खेलाडी होइन्’, उनले भनेका छन् ।

यस्तै मेस्सीले बार्सिलोनामा आफूभन्दा उत्कृष्ट खेलाडी रोनाल्डिन्हो रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो आफ्नो विचारमा बार्सिलोनाको इतिहासमा मभन्दा उत्कृष्ट खेलाडी रोनाल्डिन्हो हुन् । म आफूलाई कहिल्यै पनि बार्सिलोनाको इतिहासमा उत्कृष्ट खेलाडी भएको ठान्दिँन । किनकी, मलाई थाहा छ बार्सिलोनाका इतिहासमा उत्कृष्ट खेलाडी रोनाल्डिन्हो हुन् ।’

ब्राजिलका रोनाल्डिन्होको पासमा आफूले पहिलो गोल गरेको बताउँदै मेस्सीले भने, ‘म अझैसम्म सम्झिन्छु । उनको निर्णायक पासमा मैले बार्सिलोनामा पहिलो गोल गरेको थिएँ । मैले गोल गर्दा उनले पास मात्र दिएनन् । उनले मलाई अगाडि बढ्नका लागि मशाल पनि दिए ।’

मेस्सी र रोनाल्डिन्होले ४ वर्ष एकसाथ खेलेका थिए । रोनाल्डिन्होले सन् २००३ देखि २००८ सम्म बार्सिलोनामा खेलेका थिए । सन् २००४ मा मेस्सीले पनि बार्सिलोनाबाट खेल्न थालेका थिए । मेस्सीसँग ४ वर्ष बिताएका रोनाल्डिन्हो २००८ मा इटालियन क्लब एसी मिलान गए । तर, मेस्सी भने हालसम्म पनि त्यहीँबाट खेलिरहेका छन् ।

Loading...