fbpx

‘सत्ते पे सत्ता’ को रिमेकमा अनुष्काको इन्ट्री

विराटनगर, २६ कात्तिक । १९८२ मा रिलिज भएको अभिनेता अमिताभ बच्चन र अभिनेत्री हेमा मालिनीको सुपरहिट फिल्म ‘सत्ते पे सत्ता’ को रिमेक बन्ने चर्चा पहिलेदेखि नै चलिआएको छ । एक्सन र भरपुर कमेडीले भरिएको ‘सत्ते पे सत्ता’ फिल्मको रिमेकमा बलिउडका चर्चित अभिनेता ऋतिक रोशन अमिताभको भूमिका निर्वाह गर्न पहिले नै अनुबन्धित भइसकेका छन् ।

हेमा मालिनीको भूमिका निर्वाह गर्नका लागि धेरै अभिनेत्रीहरूको नाम जोडिए पनि अन्त्यमा गएर फिल्ममा अभिनेत्री अनुष्का शर्माको इन्ट्री भएको छ । फिल्ममा अनुष्काले शिक्षकको भूमिका निर्वाह गर्ने छिन् । रिमेकलाई बलिउडका दुई ठूला र चर्चित निर्देशक तथा निर्माता फराह खानले निर्देशन र रोहित शेट्टीले निर्माण गर्न लागेका छन् ।

फिल्मको लागि अरु कलाकारहरूको छनोट पनि भइरहेको छ । तर, फिल्ममा अहिलेसम्म जोडिएका कलाकारहरूलाई लिएर भने हालसम्म कुनै पनि औपचारिक घोषणा भने गरिएको छैन । १९८२ को ‘सत्ते पे सत्ता’ हलिउड फिल्म ‘सेभेन ब्राइड्स ब्रदर्स’ को रिमेक हो ।

Loading...