fbpx

मोबाइललाई सिरानीछेउ राखेर सुत्दा यस्तोसम्म हुनसक्छ

विराटनगर, २६ कात्तिक । एक्काइसऔं शताब्दीमा मोबाइल, ल्यापटप र ट्याब्लेट नचालाउने मानिसहरू कमै होलान् । नयाँ डिजिटलको उत्पादन र सेवाहरूको विकास तीब्र गतिमा भए सँगैसँगै मान्छेहरूको आर्दश, दैनिकी तथा स्वभावमा परिर्वतन आएको देख्न सकिन्छ ।

च्याट गर्न, फोटो खिच्न, गेम खेल्न, इन्टरनेट, भिडियो हेर्न मोबाइलबाट गर्न सकिने भएकै कारणले यसको प्रयोग झन् बढेको छ । बिहान उठ्नेबित्तिकै वा निन्द्रा नलागेको समयमा चलाउन सजिलो होस् भनेर यसलाई आफूसँगै लिएर सुत्ने गरिन्छ । तर, सिरानीछेउ मोबाइल राखेर सुत्दा शरीरमा निकै धेरै समस्या आउन सक्ने देखिएको छ ।

बेलायतको एक्जिटर लगायतका केही विश्वविद्यालयमा गरिएको एक अध्ययनले सिरानीमुनि तथा आफू सुत्दा छेउछाउमा मोबाइल राखेर सुत्दा शरीरमा विभिन्न समस्या देखा पर्ने पत्ता लगाएको छ । अध्ययनका अनुसार मोबाइललाई सिरानी छेउ राख्दा क्यान्सरमात्र नभएर, पुरुषहरूमा नपुंसकता पनि हुन सक्ने देखाइयो ।

अन्तर्राष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले गरेको अध्ययनमा मोबाइलको अत्याधिक प्रयोगले कानमा ट्युमर पलाउन सक्ने र क्यान्सर हुने सम्भावना बढ्ने भएकाले मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखिएको छ । बेलायती विश्वविद्यालयहरूले गरेको एउटा अध्ययनले मोबाइल फोनबाट निस्कने विकिरणले मानिसहरूमा क्यान्सर मात्र नभएर नपुंसकतासँग सम्बन्ध हुने पनि पत्ता लगाएको थियो ।

अध्ययनले निकालेको निष्कर्ष अनुसार मोबाइल फोनको अत्याधिक प्रयोगले पुरुषमा शुक्राणुको उत्पादन घटाउनुका साथै शुक्राणुको गति पनि सुस्त बनाउने गर्छ । स्वस्थ रहन र राम्रो निन्द्राका लागि इजरायलको विश्वविद्यालयले गरेको अध्ययनले त सुत्नुभन्दा आधा घन्टाअगाडि नै मोबाइल फोनको प्रयोग रोक्नु पर्ने बताएको छन् ।

Loading...