fbpx

करिम बेन्जेमा रोनाल्डो र मेस्सीभन्दा कुशल खेलाडी

एजेन्सी, २६ कात्तिक । रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जेमाले एक दशकभन्दा धेरै समेपछि क्लबलाई नेतृत्त्व गरिरहेका छन् । पछिल्लो समय रियलले ३१ वर्षीय बेन्जेमाको गोलमा नै जित दर्ता गराउँदै आएको छ ।

sdaf

ला लिगाअन्तर्गत इएबारविरुद्ध २ गोल गरेका उनले च्याम्पियन्स लिगको खेलमा पनि २ गोल गरे । यस्तै लिगमा नै लेगानेसविरुद्ध र ग्रानडाविरुद्ध समान एक–एक गोल गरे । उनले प्रायः खेलमा गोल गर्दै आफूलाई अब्बल खेलाडीका रूपमा देखाउँदै आएका छन् ।

फ्रान्सका स्टार खेलाडी बेन्जेमा पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको बहिगर्मनपछि चम्किएका छन् । पोर्चुगलका खेलाडी रोनाल्डोसँगै एकैसाथ क्लबमा अनुबन्ध भएका उनले इटालियन क्लब युभेन्टस गएका रोनाल्डोको भूमिका बहन गर्दै आइरहेका छन् । सन् २००९ मा म्यानचेष्टर युनाइटेडबाट रियल आएका रोनाल्डो २०१८ मा युभेन्टस गएका थिए ।

जारी सिजनको ला लिगामा उनले १२ खेल खेल्दा ९ गोल र ३ असिस्ट गरेका छन् । च्याम्पियन्स लिगतर्फ ४ खेलबाट २ गोल गरेका उनले अघिल्लो सिजन ३० गोल गरेका थिए । अघिल्लो सिजनको ला लिगमा २१ गोल गरेका उनी सर्वाधिक गोलकर्ता लियोनल मेस्सीभन्दा १५ गोलले पछि परे । बार्सिलोनाका कप्तान मेस्सी र पूर्वसहकर्मी रोनाल्डोभन्दा एक कुशल खेलाडीका रूपमा हेरिएको छ । उनको तथ्यांकले नै रोनाल्डो र मेस्सीभन्दा उनी कुशल रहेको मार्काको दाबी छ ।

रोनाल्डोको बहिर्गमनपछि युरोपका तीन खेलाडीले मात्र बेन्जेमा भन्दा बढी गोल गरेका छन् । रोबर्ट लेवान्डोस्कीले ६३ गोल गरेका छन् भने मेस्सीले ६० तथा किलियन एम्बाप्पेले ४७ गोल गरेका छन् । तर, ४१ गोल गरेका बेन्जेमाको ९७ प्रहार धेरै प्रभावशाली छ । उनको शट्स २.३ प्रतिगोल रहेको छ भने मेस्सीको शट्स प्रतिगोल २.५ रहेको छ भने सुआरेजको २.८ र रोनाल्डोको ३.२ रहेको छ । लेवान्डोस्कीले मात्र १.९५ शट्स प्रतिगोलका दरले फिनिस गरेका छन् ।

यसरी हेर्दा लेवान्डोस्की पछि सबैभन्दा राम्रो शट्स बेन्जेमाको रहेको मार्काको रिपोर्टमा उल्लेख छ ।

Loading...