fbpx

भन्सार छलीमा संलग्न शारीरिक असक्तहरू सरकारसँग रोजगारी माग्दै

विराटनगर, २६ कात्तिक । विराटनगर जोगबनी नाकामा अबैध ओसारपसार गर्दै आएका शारीरिक असक्तहरूले रोजगारीको व्यवस्था गरिदिन स्थानीय र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।  ट्राइसाइकलमा राखेर विराटनगर जोगवनी नाकामा वर्षौंदेखि अबैध ओसारपसारमा गर्दै आएका शारीरिक असक्तहरूले सरकारले रोजगारीको व्यवस्था गरेर आफूहरू ओसारपसारमा नलाग्ने भन्दै प्रदेश सरकार र स्थानीय तहसँग रोजगारीको व्यवस्था गरिदिन आग्रह गरेका हुन् ।

उनीहरू रोजगारी माग्दै कहिले प्रदेशको सामाजिक विकास मन्त्रालय त कहिले महानगरपालिका घाइरहेका छन् । रोजगारीको व्यवस्था नहुँदा पेशा होइन अपराध हो भन्ने जान्दा जान्दै पनि अवैध ओसारपसारमा लाग्न बाध्य हुनुपरेको विराटनगर–१४ का शारीरिक असक्त व्यक्ति सञ्जय थापाले बताए । उनले भने, ‘सरकारले सहयोग गरेमा खुट्टा नभएका हामीहरू पसल सञ्चालन गरेर वा सिटी कुदाएर जिविका चलाउन सक्छौँ ।’

ओसारपसारमा लाग्न बाध्य भइरहेका पूँजी नभका गरिब शारीरिक असक्तहरूलाई स्थानीय वा प्रदेश सरकारले सुलभ दरमा कोठा उपलब्ध गराउनु पर्ने, सिटी रिक्सा खरिदमा सहयोग गर्नुपर्ने वा बसेर गर्न सकिने सीपहरूबारे तालिम दिएर रोजगारको व्यवस्था गरिदिनुपर्ने उनीहरूको माग छ । विराटनगर–६ का अपांग जमुना रायले भनिन्, ‘रोजगारी पाए हामीलाई रहर छैन अबैध ओसारपसार गर्ने ।’

एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराल आवश्यक सल्लाह गरेर ओसारपसारमा संलग्न अपांगता भएकाहरूलाई रोजगारीका लागि सहयोग गर्न तैयार रहेको बताइन् ।

अबैध ओसारपसार गर्दा एक पटकमा अपांगहरूले ट्राइसाइलकमा राखेर पाँच हजारसम्मको उपभोग्य समान भित्र्याउने गर्दछन् । जसमा उनीहरूलाई दैनिक रोजीरोटीको उपाय जुट्ने गर्दछ । तर, प्रहरीले अबैध ओसारपसारमा कडाइ गरिहेको र अर्कोतिर सरकारले रोजगारको पनि व्यवस्था नगरिदिएकोले अपांगहरू इन्तु न चिन्तु बनेका छन् ।

विराटनगर–जोगबनी भन्सार नाकामा अबैध ओसारपसार गर्ने अपांग व्यक्तिहरूको संख्यामा वृद्धि हुन थालेपछि दीगो रोजगारको विकल्प दिन अपांग महासंघले एक नम्बर प्रदेश सरकारसँग माग गर्दै आएको छ । महासंघका अनुसार विराटनगर–जोगबनी नाकामा अबैध ओसारपसारमा संलग्न अपांगता व्यक्तिमध्ये महिला, पुरुष, पौढ र युवा सबै उमेर समूहका छन् । मोरङका विभिन्न स्थानमा बसोबास गर्ने उनीहरू दैनिक जोगबनीबाट खरिद गरिएको उपभोग्य वस्तु खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, इलेक्ट्रिक सामान, रजनीगन्धा, औषधिलगायत ओसारसार गर्ने गर्दछन् ।

ओसारपसारमा सक्रिय शारीरिक असक्तहरू सिटी कुदाउन थाले

विराटनगर भन्सार नाकामा अबैध ओसारपसार गर्ने अपांगता भएका व्यक्तिहरू दस वर्ष पहिले एक दुई जना मात्र थिए । पछि बढ्दै गएर उनीहरूको संख्या २५ भन्दा बढी पुग्यो ।

भारतको जोगबनीबाट बिनाभन्सार उपभोग्य वस्तु ल्याएर विराटनगरमा बेच्ने उनीहरूको काम हो । कसैले आफैँले खरिद गरेर त कसैले कमिसनमा मालसामान ओसारपसार गर्नेगर्छ । तर, प्रहरीले कडाइ गर्न थालेपछि आधाजति अपांगहरू सिटी रिक्सा खदिर गरेर कुदाउन थालेका छन् । तर, पूँजी नहुनेहरू भने अझै ओसारपसारमा लाग्न बाध्य भइरहेका छन् ।

Loading...