fbpx

धोतीकुर्तामा राजेश हमाल, मुस्कानका बुवालाई दिए स्कुटीको चाबी

काठमाडौं २६ कात्तिक । महानायक राजेश हमालले लगाएको धोती र कुर्ताको चर्चा तराई मधेसमा व्यापक रुपमा चर्चामा छ । वीरगंजमा शुक्रवार साँझ ‘सप्तरंग २ ‘को सांगीतिक कार्यक्रममा सहभागी भएका महानायक हमालले सेतो कुर्ता, धोती र गम्छामा लगाएका थिए ।

महानायकले धोती लगाएर तराई मधेसका जनताको सम्मान गरेको भन्दै यहाँका नागरिकले गर्व गरेका छन् भने सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया आइरहेका छन् । हमालले दर्शकको माझमा पुगेर आफना फ्यानसँग हात मिलाउँदै रमाइलो गर्दै प्रकाश सपुतको ुगलबन्दीु गीतमा नृत्य पनि गरेका थिए ।

वीरगंजमा आयोजित कार्यक्रममा २ महिना अघि एसिड प्रहारबाट घाइते भई हाल काठमाडौं स्थित कीर्तिपुर अस्पतालमा उपचारत मुस्कान खातुनलाई स्कुटी प्रदान गरिएको छ । स्कुटीको साँचो महानायक राजेश हमालले मुस्कानका बुवालाई प्रदान गरेका थिए ।

‘पर्यटन प्रवर्द्धन र सम्मुनतीका लागि, सातै प्रदेशमा हामी’ भन्ने नाराका साथ ‘सप्तरङ्ग २’ साँगितिक यात्रा चलिरहेको छ । महानायक राजेश हमाल, गायिका मेलिना राई, गायक सुगम पोखरेल, हिमाल सागर, प्रकास सपूत, रवि ओड र जितु नेपाल देशका विभिन्न ठाउँहरू गइ प्रस्तुति दिइरहेका छन् ।

हिजो चितवनमा रहेको कार्यक्रम पछि टोली कात्तिक २६ गते नेपालगञ्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र मंसिर ४ गते पोखरामा पुग्ने छ ।

Loading...