fbpx

महानायक राजेश हमाल अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं २६ कात्तिक । महानायक राजेश हमाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मैले चोट खाँदा’ बोलको गीतलाई ओएसआर डिजिटल नाकक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतको भिडियोमा राजेश हमालका अलावा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विक लगायतका कलाकारको अभिनय रहेको छ । गीतले निकै भाबुक बनाउछ ।

गलतफैमीका कारण समबन्धमा आएको तितोपनलाई गीतले देखाउन खोजिएको छ भने अन्तिममा सबै भ्रम हटेको समेत देखाइएको छ । लोक राज अधिकारीको शब्द रहेको गीतलाई गायिका रेनु विष्ट केसीले गएकी छिन् भने गीतमा हरि लम्सालले संगीत भरेका छन् ।

शिव बिकेको निर्देशनमा तयार भएको गीतलाई मिलन विश्वकर्माको सम्पादन र फणिन्द्र राईको एरेन्ज रहेको छ ।

Loading...