जापानी भाषा र सीप परिक्षा छिट्टै हुने

काठमाडौं २५ । जापानले कृषि क्षेत्रको लागि नेपालबाट लैजाने दक्ष कामदारको लागि भाषा र सीप परीक्षा हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानका कृषि वन तथा फिसेरी मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाको नेतृत्वमा आएको जापानी प्रतिनिधिमण्डलको टोलीबीच सोमबार भाषा र सीप परीक्षाका विषयमा छलफल भएको छ ।

यसअघि तय भएको विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने कुराकानी भएको छ । छलफलमा मन्त्री विष्टले अहिले चलिरहेको नर्सिङ कियर गिभर लिने प्रकृयालाई थप गुणस्तरीय र विश्वसनीय बनाउन समेत अनुरोध गरे ।

जापानका कृषि वन तथा फिसेरी मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाने पालबाट कृषि, मत्स्य एवं खाद्य सेवामा कामदार कामदार लैजान जापान इच्छुक रहेको भन्दै नेपाली कामदारलाई आवश्यक सीप तालिम प्रदान गर्न जाइकामार्फत सहकार्य गर्न सकिने बताए । ।

Loading...