fbpx

स्वर कोकिला लता मङ्गेशकरको अवस्था गम्भीर

विराटनगर २५ कात्तिक । भारतीय स्वर कोकिला लता मङ्गेशकरको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनलाई अहिले बम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको छ । मुटुमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

यद्यपी लता मङ्गेशकरको टीमले भने उनलाई अस्पतालबाट घर लगिएको बयान जारी गरेको थियो । तर अस्पतालका एक डाक्टरले भने उनको अवस्था गम्भीर रहेको र अस्पतालमै उपचार भइरहेको बताए ।

समाचार एजेन्सी पीटीआइलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उनलाई सोमबार (आज) दिउँसो २ बजे अस्पताल लगिएको र उनको गम्भीर अवस्थामा आइसीयूमा राखेर उपचार भइरहेको जनाएका छन् । भारत रत्न र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मनित लता भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका मानिन्छ ।

Loading...