fbpx

रोनाल्डो सब्सिच्यूट बारे यसो भन्छन् सार्री

एजेन्सी, २५ कात्तिक । विश्वचर्चित स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो युभेन्टसबाट मैदान उत्रदा पछिल्लो दुई खेल पुरा समय मैदानमा रहेनन् । बीचसमयमा नै सब्सिच्यूट गराएपछि उनी प्रशिक्षकसँग असन्तुष्ट देखिन्थे ।

qwr

लगातार दुई खेलमा रोनाल्डोलाई प्रतिस्थापन गरेका युभेन्टसका प्रशिक्षक सार्रीले रोनाल्डो शारीरिक रुपममा फिट नभएका कारण सब्सिच्यूट गरेको बताएका छन् । उनले रोनाल्डो पछिल्ला केही दिनयता फिट नभएका कारण सब्सिच्युट गरेको जानकारी दिए ।

गए राति युभेन्टसले घरेलु मैदानमा सिरी ए को १२औं खेलमा एसी मिलानलाई पराजित गरेको थियो । रोनाल्डोलाई सब्सिच्यूट गर्दै ५५ औं मिनेटमा मैदान प्रवेश गरेका पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई बिजयी बनाएका थिए ।

गएराति सब्सिच्युट भएपछि रोनाल्डो बेञ्चमा नबसी ड्रेसिङ रुमतर्फ गएका थिए । च्याम्पियन्स लिगमा अवे मैदानमा लोकोमोटिभ मोस्कोविरुद्ध भएको खेलमा पनि ८२औं मिनेटमा सब्सिच्युट भएपछि रोनाल्डो रिसाएका थिए ।

सब्सिच्यूट गर्दा रोनाल्डो असन्तुष्ठ हुनु सामान्य भएको सार्रीले बताएका छन् ।

Loading...