fbpx

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको उपाधि आर्मीलाई

विर्तामोड, २५ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

विर्तामोडमा रहेको डोमालाल रंगाशालामा भएको फाइनल खेलमा आर्मीको जितकालागि  कप्तान टेकबहादुर बुढाथोकीले दुई गोल गरे । उनले पहिलो हाफको ३१ औं मिनेट र दोस्रो हाफको ३९ औं मिनेटमा गोल गरेका थिए ।

खेलमा ५८ र ८३ मा दोहोरो पहेँलो कार्ड पाउँदै चर्च ब्वाइजका राजेन्द्र रावल बाहिरिएका थिए । खेलको ३२औँ मिनेट आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले गोल गर्दै अग्रता दिलाएका थिए ।  टंक बस्नेतको पासमा उनले  गोल गरेका थिए ।

टेकबहादुर बुढाथोकीकै एक्लो प्रयासमा खेलको ८०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । तीन पटक भापा गोल्डपको उपाधि जितेको आर्मीले डोमलाल रंगशालामा चौथो उपाधि जितेको हो ।

खेलको उत्कृष्ट गोलरक्षक आर्मीका गोलरक्षक विवश चौधरी घोषित भए । चर्च ब्वाइजका सुनिल खड्का उत्कृष्ट मिडफिल्डर घोषित हुँदा आर्मीका दिपक गुरुङ उत्कृष्ट डिफेण्डर घोषित भए । आर्मीकै टंक बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित भए ।

फाइनल खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका अशोक खवास भए । गोल्डकपकै उत्कृष्ट खेलाडी आर्मीका कप्तान टेकबहादुर बुढाथोकी घोषित भए । उत्कृष्ट प्रशिक्षकमा आर्मीकै नविन न्यौपाने घोषित भए ।

जीतसँगै आर्मीले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार ट्रफ हात पारेको छ । उपबिजेता बनेको चर्च ब्वाइजले ६ लाख २५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

विजेता तथा उपविजेता टिमलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

जायोन सपोर्टस् क्लबले आयोजना गरेको कात्तिक १६ गतेबाट सुरु प्रतियोगितामा भारतका दुई टिमसहित १० वटा टिमको सहभागिता थियो ।

Loading...