fbpx

अन्नपूर्ण हाम्रो गोल्डकप : उपाधिका लागि आर्मी र चर्च ब्वाइज भिड्दै (यहाँबाट हेर्नुहाेस् लाइभ)

विर्तामोड, २५ कात्तिक । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको उपाधिका त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल सुरु भएको छ । झापाको विर्तामोडमा रहेको डोमालाल रंगाशालामा खेल सुरु भएको हो ।

खेलमा दुवै टोली उपाधि जित्ने दाउमा छन् ।

सेमिफाइनल खेलमा सिक्किम आक्रामक क्लबविरुद्ध जित निकाल्दै आर्मीले फाइनलमा स्थान बनाएको हो । आर्मीको प्रतिद्वन्द्वी क्लब चर्च ब्वाइज काठमाडौं भने विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

जायन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६, विर्तामोड झापा,Trivuwan Army Club (TAC) Vs Church Boys United (CBU)FINAL MATCH Live from Domalal Rajbanshi Stadium, Birtamod, Jhapa

Posted by Koshi Online on Monday, November 11, 2019

Loading...