fbpx

अन्नपूर्ण हाम्रो गोल्डकपको फाइनल आज, उपाधिको लागि आर्मी र चर्च ब्वाइज भिड्दै

विराटनगर २५ कात्तिक । अन्नपूर्ण हाम्रो गोल्डकपको उपाधिका लागि सोमबार (आज) त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो ३ बजे झापाको विर्तामोडमा रहेको डोमालाल रंगाशालामा हुने फाइनल खेल निक्कै रोमाञ्चक हुने आयोजकको विश्वास छ ।

खेलमा दुवै टोली उपाधि जित्ने दाउमा छन् । यसअघि सेमिफाइनल खेलमा सिक्किम आक्रामक क्लबविरुद्ध जित निकाल्दै आर्मीले फाइनलमा स्थान बनाएको हो । त्यसअघि सेमिफाइनलका लागि आर्मीले आसामको क्लब मोलवेलाई हराएको थियो ।

आर्मीको प्रतिद्वन्द्वी क्लब चर्च ब्वाइज काठमाडौं भने विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइज नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । त्यसअघि गोर्खा ब्वाइज रुपेन्देहीलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

जायन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता कात्तिक १६ गतेबाट सुरु भएको थियो । खेलको लाइभ (प्रत्यक्ष प्रशारण) कोशी अनलाइनबाट हुने छ ।

Loading...