fbpx

टमाटो केचअपको सेवन नगर्नु नै ठिक

 

विराटनगर २५ कात्तिक । टम्याटो (टमाटर) केचअप हामी मध्ये धेरैलाई मन पर्छ । चाउमिन, फ्रेन्चफ्राइज पिज्जा तथा अन्य खानेकुराका लागि केचअपको प्रयोग गरेको पाइन्छ । आजभोलि टम्याटो केचअप यस्ता जंक र फास्ट फुडहरूका लागि नभई नहुने हिस्सा बनिसकेको छ । तर, धेरैलाई थाहा नहुन सक्छ केचअपले मानव स्वास्थ्यलाई निकै ठूलो नकारात्मक असर गरिरहेको हुन्छ ।

बजारमा उपलब्ध हुने बोटेलका केचअप बनाउनका लागि यसमा शरीरलाई हानि गर्ने खालका धेरै रसायनिकहरुको प्रयोग गरिएको हुन्छ । केचअपमा फ्रुक्टोज तथा भेनेगर को मात्रा बढी हुने भएको कारणले यसले हाम्रो स्वास्थ्यमा राम्रो प्रभाव पार्दैन । टम्याटो केचअप बनाउनका लागि पहिले टमाटरलाई उमालेर त्यसको बिउ र छाला निकालिन्छ ।

त्यसपछि यसलाई फेरि पकाइन्छ । केही घन्टा लाग्ने यो प्रक्रियाका कारण पनि यसमा हुने सबै पोषक तत्वहरू बिस्तारि अन्त्य हुदै जान्छ । जसले गर्दा शरीरलाई थप असर गरिरहेको हुन्छ ।

टम्याटो केचअपमा प्रोटिन, फाइबर तथा अन्य कुनै पनि पोषक तत्वहरू एक प्रतिशत पनि हुदैन । यसका कारण मोटोपना बढ्ने समस्या बढ्नुका साथै मधुमेहको समस्या पनि निम्तिन सक्छ । त्यसैले केचअपको सेवन जतिसक्दो कम गर्यो हाम्रो स्वास्थ्यलाई त्यति नै फाइदा हुन्छ ।

Loading...