fbpx

पत्रपत्रिकामा देश : भीआइपीको रोजाई डिल्लीबजार जेल

विराटनगर २५ कात्तिक । यतिबेला डिल्ली बजार कारागारमा भीआईपीहरुको भिड छ ।

पूर्वसभामुख कृष्णबहादुर महरा, सुडान घोटाला प्रकरणमा दोषि ठहर भएका पूर्व प्रहरी महाननिरिक्षक रमेशचन्द्र ठकुरी, पूर्व सांसद डोलबहादुर कार्की, सांसद रेसम चौधरी, सशस्त्रका पूर्व डिआईजी रञ्जनकुमार कोइराला अहिले डिल्लीबजार जेलमा छन् ।

यस्तै सोही जेलमा सजाय भुक्तान गरिसेका भीआईपीहरुमा पूर्व मन्त्रीहरु खुमबहादुर खड्का, श्यामसुन्दर गुप्ता, चिरञ्जीवी बाग्ले, जयप्रकाश गुप्ता, पूर्वराज्यमन्त्री संजयकुमार साह लागयतका छन् । अन्य कारागारको तुलनामा डिल्लीबजार कारागारमा भिड कम हुने, भेटघाटको सुविधा सहज रहेको र उपयुक्त लोकेसनमा भएको कारण भीआईपीहरुको रोजाईमा डिल्लीबजार कारागार पर्दै आएको कान्तिपुर दैनिकामा समाचार छ ।

उपचुनाव अघि नै मन्त्रिपरिषद पुनर्गठनको तयारी भइरहेको समाचारपनि कान्तिपुर दैनिकले छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी सुरु गर्दै यो विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

यसबारे प्रचण्डलेपनि आफू निकटहरुसँग छलफल गरेका छन् । नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले मन्त्रिपरिषद पुनर्गठनको तयारी ठोस नभएपनि सम्भावना भएको बताए । तर यो विषयमा नेता माधवकुमार नेपालसँग भने छलफल भएको छैन् ।

नागरिक दैनिकमा सीमामा राज्यको उपस्थिति शुन्य, अतिक्रमित नेपाली भूमिका नागरिकलाई भारतीय नागरिकता र रासन कार्ड शिर्षकमा मुख्य समाचार छापेको छ । भारतले ५७ वर्षदेखि अतिक्रमण गरेको नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकका बासिन्दालाई रासनकार्ड र नागरिकता दिएको दार्चुलाको व्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए । कुटी, गुञ्जी र नाभी गाउँका बासिन्दालाई भारतले आफ्नो बनाइसकेको उनले बताए । प्रशासनिक, राजनीतिक र शैक्षिक क्षेत्रमा उनीहरुलाई नै उच्च महत्व दिएर संरक्षण गरेको बुढाथोकीले बताए ।

लिम्पियाधुरा र कालापानीकोबीच भागमा पर्ने ५ वटा गाउँमध्ये ३ गाउँ भारतीय पक्षले कब्जा गरेको भएपनि बाँकी दुई गाउँ छाङरु र तिङ्करका बासिन्दा भने चरम अभाव खेप्न बाध्य छन् । आफ्नै सदरमुकामसम्म आउन पनि उनीहरुलाई भारतीय क्षेत्र प्रवेश गर्नु पर्ने बाध्यता छ । भारतीय क्षेत्रमा प्रशासनको अनुमति लिएरमात्रै आवतजावत गर्न दिने गरिन्छ । जसले गर्दा उनीहरुलाई खाद्यान्न लगायतको जोहो गर्न पनि मुस्किल हुने गरेको छ ।

Loading...