fbpx

रोनाल्डोलाई स्थानान्तरण गरी मैदान छिरेका डेबालाको गोलमा युभेन्टसको जित, अपराजित यात्रा कायमै

विराटनगर, २५ कात्तिक । इटालियन सिरी ‘ए’ अन्तर्गत डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टसले आफ्नो दसौं जित दर्ता गरेको छ । आइतबार राति भएको आफ्नो बाह्रौं खेलमा युभेन्टसले एसी मिलानविरुद्ध १–० गोलको जित निकालेको हो ।

युभेन्टसको मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन पाउलो डेबालाले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा बितेको उक्त खेलको दोस्रो हाफमा डेबालाले गोल गरे । सब्सिच्यूट खेलाडीका रूपमा मैदान प्रवेश गरेका डेबालाले खेलको ७७औं मिनेटमा गोल गर्दै टोलीलाई ३ अंक दिलाए ।

डेबाला रोनाल्डोलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए । खेलको ५५औं मिनेटमा प्रशिक्षक मौरिजियो सार्रीले रोनाल्डोको सट्टामा डेबालालाई मैदान प्रवेश गराएका थिए । रोनाल्डोले सो खेल ५५ मिनेट खेल्दा गोल हुन पाएको थिएन ।

यस खेलमा जित निकालेसँगै युभेन्टसले आफ्नो अपराजित याात्रा कायमै राखेको छ । हालसम्म अपराजित रहेको उसले १२ मध्ये १० खेलमा जित र २ खेल बराबरी खेल्दै ३२ अंक बनाएको छ । ऊ सिरी ‘ए’ मा मात्र नभएर युरोपका शीर्ष पाँच लिगमध्ये एक मात्र अपराजित टोली हो ।

युभे यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । दोस्रो स्थानमा छ । दोस्रो स्थानमा भने इन्टर मिलान छ । इन्टरसँग ३१ अंक छ भने लिगको तेस्रो स्थानमा रहेको लाजियोसँग २४ अंक छ । यता, युभेन्टससँग पराजित १३ अंकसहित १४ औं स्थानमा छ ।

Loading...