fbpx

नेपाल र किर्गिस्तानको खेल बराबर

काठमाडौं २४ कात्तिक । एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपाल र किर्गिस्तानको खेल बराबरीमा टुंगिएको छ । समूहको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँग गोल रहित बराबरीमा रोकियो ।

यसअघि भएको दुई खेलमा पराजित नेपाल भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले ३ खेलमा एक गोल पनि गर्न सकेन । इरानको तेहरानमा रहेको पीएस रंगशालामा भएको प्रतियोगितामा यसअघि नेपालले यूएई र घरेलु टोलीसँग समान ४–० गोलअन्तरले हारेको थियो । नेपाल जितविहीन हुँदै घर फर्कने भएको छ ।

Loading...