fbpx

इनुश्री र आयुष बने प्रिसेन्स र प्रिन्स

विराटनगर २४ कात्तिक । विराटनगरमा आयोजना गरिएको स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोरङ २०१९ को उपधि मोर्डन एरा स्कूलकी इनुश्री राई र ए–वान क्वालिटी स्कूलका आयुष बास्तोलाले जितेका छन् । प्रतियोगिताको प्रिन्सेस् तर्फको इनुश्रीले र आयुषले प्रिन्सतर्फको उपाधि जिते ।

हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरले आयोजना गरेको प्रतियोगितामा प्रिन्सेसतर्फ फस्ट रनरअप सेन्ट मेरी स्कूलकी सदिक्षा कोइराला तथा सेकेण्ड रनरअप पूर्वाञ्चल विद्या सदन स्कूलकी एन्जल श्रेष्ठ बनिन् । प्रिन्सतर्फको फस्ट रनरअप पूर्वाञ्चल विद्या सदनका तापस प्रधान र सेकेण्ड रनरअप जेसी बाल सदनका सुयस कर्ण भए ।

शनिबार राती विराटनगरमा सम्पन्न प्रतियोगिताको विजेताले २० हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर पाए । फस्ट र सेकेण्ड रनरअपले क्रमशः १६ हजार र १२ हजार नगद दिइएको छ । विजेता, फस्ट र सेकेण्डरनरअपलाई ज्याती लाइफ इन्सुरेन्सले क्रमशः ५ लाख, ४ लाख र ३ लाख ५० हजार बराबरको लाइफ इन्सुरेन्स गरिदिएको छ ।

प्रतियोगिताको ‘अर्गनाइजर च्वाइस’ मा अपर्ण स्कूलकी दीक्षा खड्का भइन् । ‘सीप र संस्कारसहितको सौन्दर्य’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू सहभागी थिए ।

Loading...